मेरो गाउँ : सरोज कठायत
कपन अनलाइन
काठमाण्डौ,असार ६।
जहाँ गए नि प्यारो लाग्छ मलाई आफ्नै गाउँ
हाँसीहाँसी बालापन बिताएको ठाउँ
माटो पनि बास्ना आउँछ बिहान उठ्दा खेरि
दिल मेरो खुसी हुन्छ वनपाखा हेरी
नदीहरू कलकल बग्छन् शान्त सुन्दर पारामा
मोहनी लगाउँदै जीवजन्तु सारामा ।
स्वच्छ शान्त वातावरण बसौँबसौँ लाग्छ
मेरो गाउँको काखमा बस्ता आलस्य भाग्छ ।
सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
