चार मुक्तक : गंगा लिगल

चार मुक्तक : गंगा लिगल

कपन अनलाइन

काठमाण्डौ,असार ६।

चोखो साहित्य हो प्राण जमेको छ यसैमा
हर स्पन्दनका बुदाहरु रमेकोछ यसैमा
विश्वभरिमा सगरमाथा छ उच्च हाम्रो
यही बृहत सागर हो भाव जमेकोछ यसैमा ।

गुलाफ दाध्य छ काढै काढामा
उ हास्न बाध्य छ काढै काढामा
यो जीवनको अपरिहार्यता हो
मुर्झाउन बाध्य छ काढै काढामा

नहटाउ प्रगतिका ती पाईलाहरु
बढाउनु पर्छ उन्नतिका पाइलाहरु
समय त खराब नै छ भन्न सकिन्न
तर हटाउदै जाउ बिकृतिका पाइलाहरु ।

सुख दुःखसँगै हिड्छ जीवनमा
हण्डर खादै सँगै बढ्छ जीवनमा
अनि अनुभवले खारिन्छ मान्छे
यसरी प्रगति चढछ जीवनमा ।

सहकार्य ; कपन बानेश्वर साहित्यिक साप्ताहिक

 

तपाइँको प्रतिक्रिया ।