भिमान सिन्धुली पदयात्रा : वासुदेव पौड्याल (भद्र)

भिमान सिन्धुली पदयात्रा : वासुदेव पौड्याल (भद्र)

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।
‎स्रष्टा भिमान कमला तट सिन्धुलीमा
‎पूर्खा शहीद रघुनाथ धरा जरामा ।
‎श्रद्धा दिने कलम पुष्प कवित्व स्रष्टा
हुन् धन्य मातृ –अनिता परिवार द्रष्टा ।।

‎भिमान सिन्धुली यात्रा वास गौरन टोलमा
‎ कमलाको किनारामा स्रष्टा साहित्य साधना ।
‎ सेवामा कर्मका डोब शहीद रघुनाथ छन्
‎स्मृति योग्य हुँदा गाथा श्रद्धाका उच्च पात्र हुन् ।।

‎ऐतिहासिक योद्धाको सौन्दर्य सिन्धुली गढी
‎कैयौं शहीद आजाद देवकोटा ऋषि सरि ।
‎क्रान्तिकारी धराधाम भिमान कमला नदी
‎चुरे पर्वत सौन्दर्य खोल्सा छन् रक्तवाहिनी ।।

‎इतिहास बने साक्षी गौरन टोल गर्वित
‎मृत्तिका कण कोट्याए गाथा छन् रक्तरञ्जित ।
‎गढी यो सिन्धुली क्षेत्र शौर्यचर्चा प्रसिद्ध छन्
‎वीरका चिरगाथाका साथमा राष्ट्रभक्ति छन् ।।

‎जुनार सुन्तला जात डल्ला सुन फलाउने
‎चुरे सौन्दर्यको क्षेत्र वर्षा घोर डराउने ।
‎घुम्ती सौन्दर्य छन् मार्ग नागबेली सुरम्यका
‎त्रासदी खहरे खोला रोशीको भीति गर्जना ।।

‎दोहोरी पर्व मेलामा ,खेतमा गीत संस्कृति
‎पाखा पर्वत झंकार दिन्छन् झैं नृत्यमा गति
‎कृषिमा नगदे खेती भौतिकी नव सिर्जना
‎अनेकौ जात सद्भाव मानवीय सचेतना ।

‎सिन्धुलीमा कलाकार प्रतिष्ठान कलाघर
‎गीत, सङ्गीत संस्कार लोक भाका सरोवर ।
‎शब्दका मृदुभाषा छन् कर्मका सुर तालमा
‎रोदी मादल दोहोरी मेला उत्सव तिर्सना ।।

‎अन्न भण्डारमा सिद्धि किल्ला पहाड मार्ग छन्
‎घुम्ती पैह्रो नदी खोल्सा बर्षाती त्रस्त बेग छन् ।
‎पाखा पर्वत छन् रम्य देखिन्छ दुलहीपन
‎गन्तव्य सिन्धुली यात्रा स्रष्टाका जोशिने मन ।।

‎प्रसिद्ध कमलामाई पूर्वी नेपाल सिन्धुली
‎अनेकौं तीर्थको सार पुण्य गङ्गा समान यी ।
‎चुरे पर्वतका साक्षी सिसौ र खर घारीमा
‎फुर्लुङे जालका माझी घर छन् खेतबारीमा ।।

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।