चार मुक्तक : प्रदिप लोहनी

चार मुक्तक :  प्रदिप लोहनी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २३।

आँखा भरि सपना थिए, सबै टुटेर गए
मनभित्रका रहरहरू चुपचाप छुटेर गए
उड्ने चरालाई समात्ने शक्ति कहाँ हुन्थ्यो,
आफ्नै मान्छेले नै सारा कुरा लुटेर गए ।

रित्तिएका हातले पनि परिवार हँसाएँ मैले
आफ्ना कैयौँ रहरहरू चुपचाप दबाएँ मैले
गरिबीले जब घरको ढोका ढकढक्यायो,
आफ्नै जवानी बेचेर चुलो बलाएँ मैले ।

मनभित्रका पीडालाई मुस्कानले छोपेको छु
आँसुका ती डोबहरू समयसँगै रोपेको छु
सबैले जितेको कथा मात्र सुन्न खोजेपछि,
हारेका अध्यायहरू आफैँ भित्र खोपेको छु ।

परदेशको भीडभित्र आफ्नै मन हराएर बाँचेँ
झुटो हाँसो ओठ मै राखि आँसु लुकाएर बाँचेँ
आमाको त्यो सम्झनाले रातभर सुत्न दिएन
टुटेको सपना बोकी दिनहरू कटाएर बाँचेँ ।

सहकार्य : कपन बानेश्वर साहित्यक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।