चार मुक्तक : पवित्रा चाम्लिङ

चार मुक्तक : पवित्रा चाम्लिङ

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

हरेक कुराको समय आउँछ बिचार गर
मलाई जस्तै पीरले सताउँछ बिचार गर
तिमी आफ्नो भाग्य आफैँ खोज्छौ भने,
समयले सङ्कट निम्त्याउँछ बिचार गर ।

नसालु त्यो हेराई तिम्रो लठ्याउने बोली
तर्नु मन छ साँघु लगाइ पिरतीको खोली
टाढै बाट हेर्दा मन भयो चुलबुल चुलबुल,
धड्कन बढ्यो एकाएक भै उद्रियो चोली ।

पटक पटक समयले मलाई पछारेको छ
म¥यो भनेर मेरा आफन्तले नुन बारेको छ
जहाँ झुटो अभिनय गर्नु न जानेपछि मैले,
सबैले मन दुखाएको छ आसुँ झारेको छ ।

गाँस नै छैन हाम्रो त बास छैन,कपास छैन
अब सुखद जीवनको भबिष्यमा आस छैन
जे नहुनु थियो नि आखिर मा त्यही नै भयो,
निर्भय बन्यो मन डर छैन कै को त्रास छैन ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।