गजल : नवशिला

गजल : नवशिला

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २ ।

कहाँ सजिलो छ र सरकार बदल्ने कुरा
त्यस्तै अप्ठ्यारो छ घरबार बदल्ने कुरा ।

कात्रोको समेत कमिसन खानेहरूबाट
कसरी पत्याउँ देशको मुहार बदल्ने कुरा ।

भर्छन् महले घार जस्तै अप्ठ्यारोमा पनि
गर्दैनन् माहुरी कहिल्यै घार बदल्ने कुरा ।

आफूले आफैँलाई बदल्न सक्दैनौ तिमी
भो नगर बारम्बार यो संसार बदल्ने कुरा ।

मरेकाहरूलाई पनि भोट हाल्न पठाउँछौ
कसरी पत्याउनु अब आधार बदल्ने कुरा ।

काम गरेर देखाउँछन् यहाँ बदल्ने हरूले
गर्दैनन् गर्छु भनेर लगातार बदल्ने कुरा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।