मेरो स्मृतिमा लीलाराज दाहाल : सञ्जय सोती
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २६।
नामै लीला
कामै लीला
यो के ग¥यौ लीला तिमीले !
तिम्रो कथा
तिम्रो व्यथा
पढी रुन्छन् नव पिँढी !
एउटा चुच्चो सियो जसरी
कलमले लिपिबद्ध गरेका
बाँकी अभिलेखिकरण भएका
ती तिम्रा भावनाका शव्द
व्यक्त उचित तर्क
देख्दा म सधैं
लीला भई
बेग्लै म बाँच्छु !
यो लीलाको
इहलीला गए पनि
अझै हाँस्छौं
अझै बाँच्छौ आफ्ना कलमका सिर्जनामा !
नेपाली क्षितिजमा झैं
त्यो फोटोले
त्यो कलमले
क्या देखाएको छ
नेपाली समाजको वास्तविकता !
त्यो वार्ताले
क्या देखाएको छ
मानवको चरित्र !
मान्छे कालो भए पनि
न अग्लो न होचो भए पनि
छँदै छैन तिम्रो दिल कत्ति पनि कालो
अक्षरको खेती गरी
बनायौ नेपाली साहित्यलाई उज्यालो !
नहेरी कुनै जात, वर्ग, धर्म र लिङ्ग
देखेनौ कुनै मानवलाई भिन्न
हे, मानवताका पुजारी
तिमीजस्तो देशभक्त सपूतप्रति
सधैं सधैं म छु आभारी !
गीत, गजल
कविता, मुक्तक
क्या लेख्छौ असल
संस्मरण, नियात्रा
कथा, आख्यान
क्या लेख्छौ गज्जव !
त्यसैले त जताततै
तिम्रै छ चर्चा !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
