टुक्का कविताहरू : रामशरण न्यौपाने

टुक्का कविताहरू :  रामशरण न्यौपाने

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २६।

१.
जल सागरको बोकी मेघले जो खसाउँछ
खहरे मिल्छ खोलामा खोला सागर धाउँछ ।
२.
जल जीवन हो हाम्रो जल नै छ जताततै
नपाए जल अस्तित्व रहन्न जीवको कतै ।
३.
कर्तव्यमा चुकेका छन् अधिकार लिनेहरू
नपाई मानवी मूल्य रोएका छन् यहाँ अरू ।
४.
अधिकार छ मान्छेको लेखिएको विधानमा
अभ्यासमा खडेरी छ छैन नाम निसानमा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।