चार मुक्तक : कमला पौडेल

चार मुक्तक :  कमला पौडेल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

सबको मनमा राम्रो घत छोडेर जानुभयो
सधैँभरिको लागि हिम्मत छोडेर जानुभयो
बाचुञ्जेल दुःख गरेर हाम्रो लागि बुवा ले,
भरपर्दो सिङ्गो बिरासत छोडेर जानुभयो ।

थाहै हुन्न कतिखेर सोहृ बाट सत्र हुन्छन्
आफू मिल्छन् भित्र भित्रै एकछत्र हुन्छन्
कति फोहोर हुन्छ साच्चै यो राजनीति भन्ने,
नेताहरू महल पुग्छन् जनता अलपत्र हुन्छन् ।

जरुरी नै छैन माया को जाल बुन्नु किन प¥यो
स्वयं सहि हुँदाहुँदै अन्य लाई चुन्नु किन प¥यो
कहिलेकाहीँ त अरू को पनि सुन्ने गर न भन्छन्,
अरे मेरो लागि मै छु त अरू को सुन्नु किन प¥यो ।

हरेक स्थितीसँग साथ दिने छाया आमा सँग गर्छे
बायाँ मात्रै होइन छाती को दायाँ आमा सँग गर्छे
माया कसलाई गर्छे भनी कसैले ग¥यो भने प्रश्न,
भन्दिनु सत्य उसले चोखो माया आमा सँग गर्छे ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।