चार मुक्तक : भानु पोखरेल

चार मुक्तक : भानु पोखरेल

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

प्रशंसा जति गर्नुस् सिरोधार्य हुन्छ
अपमानमा जहिले धेरैको मन छुन्छ
त्यसैले सोचेर सम्झेर गर्नु हुन्छ राम्रो,
पैचो फिर्तामा त हजुर यो मन रुन्छ ।

बिष पिएर आफै अमृत भन्दैछन् यहाँ
चटकमा रम्दै आज ठालु बन्दैछन् यहाँ
जिम्मेवारी के थियो कहिले नबुझ्नेहरू,
हिसाबै हिसाब सधैँभरि गन्दैछन् यहाँ ।

आहा युवा सरकार बने हाम्रो देशमा
अब बिथोल्न कोहि नआउ नौलो भेषमा
शान्त, सुन्दर, अनि समृद्ध नेपाल हेर्न मन छ,
बनेन कहिले बितेको पल बाकी छ शेषमा ।

जोर गाग्रीमा पानी तिमीले भर्दै गर्दा
अँजुलीको फूल हातले मलाई छर्दै गर्दा
मलिन अनुहार आशाको भाव बोकेर म हिडेँ,
आमा टाढाबाट सम्झे कसैको शरण पर्दै गर्दा ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।