साम्तेन मेमोरियलमा विशेष Parenting Day तथा Graduation Program सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,चैत २२।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीमा शनिबार PG देखि कक्षा १० सम्मका अभिभावकहरूका लागि विशेष Parenting Day Program आयोजना गरिएको थियो।
कार्यक्रममा प्रशिक्षक ईश्वर श्रेष्ठले अभिभावकहरूको भूमिका, कर्तव्य तथा बालबालिकाको शैक्षिक उन्नतिमा अभिभावकले खेल्नुपर्ने महत्वपूर्ण भूमिकाका बारेमा प्रेरणादायी विचारहरू प्रस्तुत गरेका थिए ।
सो कार्यक्रमसँगै हाम्रो प्रि-स्कुलबाट माथिल्लो कक्षामा प्रवेश गर्ने UKG का विद्यार्थीहरूको Graduation Program पनि सम्पन्न गरिएको थियो, जहाँ अभिभावकहरूको उपस्थितिमा विद्यार्थीहरूले प्रमाणपत्र ग्रहण गरेका थिए।
सो अवसरमा प्रधानाध्यापक दिनेश भुजेलले अभिभावकहरूको उत्साहजनक सहभागिताले विद्यालयलाई अझ ऊर्जा र प्रेरणा प्रदान गरेको बताउदै विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध सुदृढ बनाउँदै गुणस्तरीय शिक्षामा निरन्तर प्रतिबद्ध रहने बतएका छन।
