खाल्डोहरू : कात्यायन (लघुकथा)

खाल्डोहरू : कात्यायन (लघुकथा)

कपन अनलाइन
काठमाण्डौ ,चैत २२।

मैले मेरा सुन्दर बगैँचा मासेँ र खाल्डो खनेँ ।
छिमेकीहरू आएर हेरे र भने, “आहा ! कति सुन्दर खाल्डो !”
फर्किए पछि सबै छिमेकीहरूले पनि आ–आफ्ना बगैँचाहरू मासे र खाल्डोहरू बनाए ।
विस्तारै खाल्डोहरू खन्ने अभियान नै शुरु भयो । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म खाल्डै–खल्डाहरू निर्माण हुन थाल्यो ।
र, माथिबाट ती खाल्डाहरूमा झ्यास–झुस र हरिया स्याउलाहरूले छोपिए – धराप स्वरूप !
सबैलाई थाहा थियो, जो कोही पनि पर्न सक्ने छन् ती कूपहरूमा ! म स्वयं, ऊ वा त्यो !
समय ! केही क्षण प्रतीक्षा गर अनि निर्णय पनि कि, कसको पहिला पालो आउँछ भनेर !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।