साहस दिन आएकी हुन् आमा : अनिता भण्डारी (पौडेल)

साहस दिन आएकी हुन् आमा :  अनिता भण्डारी (पौडेल)

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
अहिले बिकास गर्न हैन निकास दिन आएकी हुन् आमा
देश जलिरहदा हामीलाई साहस दिन आएकी हुन् आमा

उनको हिम्मत र साहस बल्ल चिन्दैछन् नेपाली जनताले
अँध्यारोमा दियोको उज्यालो आश दिन आएकी हुन् आमा

“मलाई जे जिम्मा दिनुभयो पूरा गर्छु” भन्ने कसम उनको
देश र जनता हामी दुबैलाई विश्वास दिन आएकी हुन् आमा

संकटमा पार्ने पनि हामी बारम्बार प्रश्न उठाउने पनि हामी
दोषारोपण नगरीकन शक्ति प्रदान दिन आएकी हुन् आमा

जनताको भरोसा साथमा आँधी र हुरीबीच पनि अडिग उनि
देशभक्तलाई विश्वास विद्रोहीलाई नाश दिन आएकी हुन् आमा

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।