शत्रुलाई नमस्ते : याम बहादुर थापा मगर

शत्रुलाई नमस्ते : याम बहादुर थापा मगर

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
मानिसको मन समुद्र जस्तै हो ।
कहिले शान्त, कहिले तूफानी ।
तर जब हृदयमा द्वेषको छाल आउँछ,
त्यसले आत्मालाई नै थकित बनाउँछ ।
शत्रुता जन्मिन्छ — ईष्र्या, भय र असमानताबाट
तर प्रेम, क्षमा र बुझाइले त्यसलाई शान्त पार्न सकिन्छ ।

जब हामी “नमस्ते” गर्छौं,
त्यो केवल हात जोड्ने क्रिया होइन,
यो त आत्माको आत्मासँगको संवाद हो ।
म मा भएको प्रकाश तिम्रो प्रकाशलाई नमन गर्छ ।

शत्रु भनेको हाम्रो सबै भन्दा ठुलो शिक्षक हो,
उसले हामीलाई संयम, सहनशीलता
र क्षमाको पाठ पढाउँछ ।
यदि हामीले घृणाको सट्टा मुस्कान पठाउन सक्यौंं भने,
दुनियाँको आधा अन्धकार तुरुन्तै हराउँछ ।

साँचो जीत भनेको अरूलाई जित्नु होइन,
आफ्नो क्रोध र घृणालाई हराउनु हो ।
शत्रुलाई नमस्ते गर्दा आत्मा हल्का बन्छ,
मनमा शान्तिको फूल फुल्छ,
र संसार फेरि सुन्दर देखिन्छ ।
किनकि हामीले द्वेष होइन,
प्रेमको बाटो रोजेका हुन्छौं ।
शत्रुताको भावना बोक्नेलाई मित्रता बोक्ने
सकारात्मकता छाता ओढाउने छु ।
आडको सम्मानित साथीलाई नमस्ते गर्दा
कटु आलोचक शत्रुलाई नमस्ते गरें ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।