आमा : पुष्पराज पन्थी ( कविता )

आमा : पुष्पराज पन्थी ( कविता )

कपन अनलाइन
काठमाण्डौ ,चैत २१।
दुःख आफैँ झेली दियौ आमा जन्म
सधैँभर मलाई सिकायौ गर्न कर्म

तिमी भएर नै संसार मैले देख्न सकेँ
यत्तिको सफल भएर कविता लेख्न सकेँ

तिम्रो माया पाइरहे अघि बढ्न सक्छु
दुनियाँका कष्टसँग नडराई लड्न सक्छु

चिन्ता नलिऊ आमा म पक्कै ठुलो हुने छ
तिम्रो आशीर्वादको शक्तिले समस्यालाई धुने छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।