चार मुक्तक : सूर्य गिरी ‘चिन्तन’
कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
गरौँ न, हाँस खेल एकैछिन आश जागेको छ
नपारौँ न, अनुहार मलिन आश जागेको छ
नयाँ युवा नेताहरूलाई सुम्पिए देश जनताले,
बित्छकि अब रमाइलोमा दिन आश जागेको छ ।
समय परिस्थितिले परिवर्तन मागेछ कि यतिखेर
जेन्जी आन्दोलनको झड्का लागेछ कि यतिखेर
सत्ता अहंकारी, भ्रष्टाचारी सबै पाखा लागेको देख्दा
नेपाली मतदाताहरूमा चेतना जागेछ कि यतिखेर ।
आगोको भुङ्ग्रोमा फलाम तात्तिए झैँ नतात्तिए हुन्थ्यो
पुराना बुढानेता जसरी सत्तामा बस्दा नमात्तिए हुन्थ्यो
जिम्मेवारी लिएर देशजनताको काम गर्दा सँयमित हुनु,
नव निर्वाचित जनप्रतिनिधि कोही नी नआत्तिए हुन्थ्यो ।
चीनभारत सबै मित्रराष्ट्र सँग दौत्यसम्बन्ध अढाउनुहोला
मित्रता कायम गर्दै, सहयोगी हात अगाडि बढाउनुहोला
रबि, बालेन, स्वर्णिम युवा नेतृत्वकर्ताहरू एकसाथ मिलेर,
परिआउँदा, राष्ट्र जोगाउन ज्यानको बली चढाउनुहोला ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
