चार मुक्तक : कुमार श्रेष्ठ

चार मुक्तक : कुमार श्रेष्ठ

कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
आए पछि भेल चुनावको जसरी पनि तर्नु नैं छ
नेता भएसि जनताको निशानामा पनि पर्नु नैं छ
खेलको मैदानमा हार जित अवश्य हुन्छ कसैको,
कसैले भोट दिन्न भन्दैन है विश्वास पनि गर्नु नै छ ।

भाषण मात्र होइन जनतालाई काम चाहिएको छ
बिहान बेलुका हात मुख जोड्न दाम चाहिएको छ
आफ्नो मात्र भुँडी भर्नेले अरुका लागि के गर्ला खै
अब त देशको मुहार फेर्ने एउटा राम चाहिएको छ ।

अवको चुनावमा योग्य उम्मेदवारलाई भोट हाल्ने हो
युवा होस् भ्रष्टाचारी नहोस् चाल्नीमै राखेर चाल्ने हो
अझै पनि पुरानैं नेताहरू चुन्ने हौ की भेंडा जनताहरू
भ्रष्ट दलाल तथा देश द्रोहीलाई जसरी पनि फाल्ने हो ।

चुनाव आएपछि सबै नेताहरू गाउँ घरमा आउन थाले
एक दुई चोटी मात्र होइन के, दिन दिनै पो धाउन थाले
पहिले त हामीले नमस्कार गर्दा पनि नउठाउने हातहरू
अहिले चैं अब एक चोटी है भन्दै हातैपो समाउन थाले ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।