चार मुक्तक : मनिता बस्नेत (खड्का)
कपन अनलाइन
काठमाण्डौ ,चैत १४।
तिमीले दिएको यो उत्साह को कदर गर्न
नारी कमजोर सोच्नेको मन बदर गर्न
मनकै राजधानीमा निवेदन पठाएको छु,
चुनौती भित्रका अवसरको सदर गर्न ।
नारी मन बनायो कस्ले, हर चोट सहनु पर्ने
रहर थाती राखेर, सबैको खुसी मा बहनु पर्ने
खेल्दै हुर्केको जन्म घरको रगतको नाता भुलेर,
पराई घर सम्हाल्दै यहीँ हो संसार कहनु पर्ने ।
मनको राजा आफैँ हु भनी कर्तब्यले सर्न दिएन
कति रहरले पखेटा हाले तर उडान भर्न दिएन
हठ गर्न त फलामको मुटु चाहिँदो रहेछ नारीलाई,
बाध्यताले आफू हिड्ने गोरेटोको निर्माण गर्न दिएन ।
व्यवहारले भिजेकी नारी सुन्दर हुन्छिन् जान्न नसके
सधैँ कुल समाजमा लागू हुने मर्यादा मान्न नसके
संस्कार नारीको पहिचान हो सुन्दर गहना हो बुझी राख्नु,
श्रृङ्गारले शरीर ढाकेर के गर्नु जिम्मेवारी धान्न नसके ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
