धुमिलो परिवेश : प्रमोद नेपाल
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
घुर्मैलो छ आकाश
पृथ्वी घुर्मैलो
न सुर्य देखिन्छ
न तारा
न त रुख नै प्रष्ट देखिन्छ
पश्चिम आकास झन छैन कम
देखिदैछ आतसबाजीका चमक मात्र
त्यताको हाल झन बेहाल
कमलो महत्वाकांक्षाको पहाडमा
जाँदैछ भिषण पहिरो
यता पनि
नरम आशाको अवसानले
निम्त्याएको पो हो कि
धुमिलो वातावरण ?
अस्तित्व विहीन हुने क्षण
वा आर्यघाटका अकालैका लश्करहरूबाट
हुरीले उडाएको कात्रोले पो बनाएको हो कि धुमिलो परिवेश ?
अकारण पक्कै बनेको छैन
निर्धक्क भएर भन्न सकिन्छ यति चाहीँ
तर यो धुमिलता भित्र
बल्दैछ विश्वासको दियो
र निर्माण गर्दैछन् पौरखी मनहरूले
राष्ट्र नै जगमग बनाउन
नयाँ ज्योतीको श्रोत
जुन अवश्यम्भावी थियो
जुन अति आवश्यक थियो
स्वार्थले निर्मित जटिल परिस्थितिमा
फेरि कात्रोको जोह गर्न नपर्ने बनाउन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
