मध्य पूर्ब क्रूर युद्ध : बासुदेव पौड्याल (भद्र)
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
पूर्वी मध्य विभीषिका रण थला आक्रान्त क्षेप्यास्त्रमा
सेना अस्त्र बिषाक्त शस्त्र बदला जित्नेछ को के कहाँ ? ।
धर्ती त्रस्त अमानवीय घटना बीभत्स हिंशा बढ्यो
हाहाकार ! तनाव विश्व जनता आतंक निर्वस्त्र भो ? ।।
झिल्का छन् हतियार आणविकका आकाश भू मध्यमा
उड्छन् बेग कला निमेष भरमा विस्फोट चित्कारमा ।
मान्छे बंकरमा र साइरनका दोसाँधमा जिन्दगी
सारा नष्ट विध्वंस कारण भयो सत्ता घमण्डी कति ? ।।
ठूलो देश अमेरिका छ खतरा दादागिरी बिश्वमा
आफ्नो स्वार्थ लडाइँ शासन ग¥यो साम्राज्य बिस्तारमा ।
खानी तेल निकास सामरिकको ब्यापारमा हैकम
लामो जाल बुनेर युद्ध अबनी तैनाथ कब्जापन ।।
मार्ने ध्वस्त गराउनेछ नियती ठूलो भला स्वार्थमा
हावामा टकराव फ्युज खतरा क्षेप्यास्त्र बर्षा जहाँ ।
रोकौं बर्बर युद्धका सब थला जोगाउ धर्ती नभ
मान्छे एक समान छौँ प्रकृतिमा जित्ने कहाँ ? कोसँग ?।।
उर्जाको परमाणु अस्त्र खतरा घेरा सिमाना भरी
सारा जीवन त्राश बारुद भरी बांच्ने कहाँ ? के गरि ? ।
कालोकर्म इरानको र यहुदी छन क्रूरता बिश्वका ।।
रोकौं युद्धकला खराव मनका रोजी असंलग्नता ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
