चार मुक्तक : दिप जोशी
कपन अनलाइन
काठमाण्डौ ,फागुन ३०।
पैसाले मान्छेको मन भर्न सकिँदैन
दुःखी र गरीबले केही गर्न सकिँदैन
एक गरीब सडकमा वासस्थान गर्छ,
तरपनि उसले भन्यो मर्न सकिँदैन ।
हिजो अस्ति किन आयौ, पत्तै भएन
अनायासै यो मन दुखायौ, पत्तै भएन
आफै नजिकिएर, आफै टाढिन्छ्यौ,
केही पायौ कि गुमायौ, पत्तै भएन ?
तिम्रो मनको भावनालाई, जान्न खोजिएन
देख्दा निर्मल देखिए पनि, छान्न खोजिएन
मनभित्र अहंकार र, स्वार्थ मात्र रहेछ तिम्रो,
तिमीले मलाई छोड्दा गलत, ठान्न खोजिएन ।
नानीको रिसाउने रहेछ बानी, बुझ्न कठिन भयो
अहम् गछ्र्यौ जत्ति सम्झाउँदानी, बुझ्न कठिन भयो
मेरै छातीको बाटो भएर सामाजिक सञ्जालमा आएर,
दिएको आशिर्वाद होकि नोक्सानी, बुझ्न कठिन भयो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
