चार मुक्तक : शशीश्री आचार्य

चार मुक्तक :  शशीश्री आचार्य

कपन अनलाइन

काठमाण्डौ ,फागुन ९।

मलाई परिश्रमको मूल फुटाउने रहर छ
भन्छन् कोसी पारी सुन्दर यौटा सहर छ
बेरोजगारले थल थल भएको जिन्दगी,
सुन्दर संसार हेर्न केवल बाँकी एक पहर छ ।

वायुमण्डलले मानवको चाल नियाली रहेछ
मानव विकासको पराकाष्टाको दुश्मन भएछ
होडबाजीमा यान उडाउँदै खुसी छ संसार
प्रदूषणको जगजगी धराले कष्ट गरी सहेछ ।

किन होला कहिले नथाक्ने आमाका हातहरू
लहलह भएका छन् हरिया बालीका पातहरू
कस्तो अनुपम सद्भाव छ माटोसँग आमाको,
एकै लहर मुस्काई फुल्छन् छुट्टिँदैनन् जातहरू ।

माया दृष्टि र आत्माको अनन्त आसन बनेको छ
कहिल्यै धोका हुन्न मायामा प्रियतमले भनेको छ
त्यसैले खुसीको संसार आउने बाटो नियाली रहेछु,
मेरा यी लोचनले प्रतिक्षाको पलपल गनेको छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।