जुगल नवगुरुकुलको आयोजनामा अन्तरविद्यालय पुस्तक समीक्षा प्रतियोगिता सम्पन्न
कपन अनलाइन
काठमाडौं भदौ १७।
१९औँ राष्ट्रिय पुस्तकालय दिवस–२०८३ को अवसरमा जुगल नव गुरुकुलको आयोजनामा अन्तरविद्यालय पुस्तक समीक्षा प्रतियोगिता–२०८३ सम्पन्न भएको छ।
प्रतियोगितामा विभिन्न २९ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले आफूले अध्ययन गरेका पुस्तकका विषयवस्तु, सन्देश, सिकाइ तथा आफ्ना विचारहरू प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूको आत्मविश्वास, प्रस्तुति क्षमता तथा पठन संस्कृतिप्रतिको रुचि प्रतियोगितामा विशेष रूपमा झल्किएको थियो। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख सुरेश कुमार जोशी रहेका थिए ।
उनले पुस्तक अध्ययनले विद्यार्थीहरूको ज्ञान, सोच्ने क्षमता र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्न सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यार्थीहरूले प्राप्त गरेको स्थान :
प्रथम स्थान: निकिशा थापा – गोकेर्णेश्वर लाइट एकेडेमी
द्वितीय स्थान: सन्दिपा धरेल – सिर्जना ज्ञानसागर स्कुल
तृतीय स्थान: अपश्वी सापकोटा – घटराज मेमोरियल स्कुल
सान्त्वना पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू (वर्णानुक्रमअनुसार) –
इच्छा गुरुङ – रिलायन्स इन्टरनेसनल एकेडेमी
नीति अधिकारी – भक्ति इन्टरनेसनल एकेडेमी
प्रत्युषा तिमल्सिना – पिक प्वाइन्ट पब्लिक स्कुल
पूर्णिमा खनाल – साउथ वेस्टर्न स्कुल
