गीत : नवशिला
कपन अनलाइन
काठमाण्डौ ,माघ २५।
कहिले आधा कहिले भरी भयो जिन्दगानी,
अभाव झेल्दै यसैगरी गयो जिन्दगानी ।
आएन है हाँसो खुसी रमाइलो कहिल्यै
निराशाको बादलले छेक्यो घाम जहिले
पीडा बोकी सधैँ अल्झिरह्यो जिन्दगानी
अभाव झेल्दै यसैगरी गयो जिन्दगानी ।
वेदना र आर्तनादले छटपटिनु प¥यो
दैवले नि मेरै मात्र खुसी किन ह¥यो
करौतीको तिखो धारमा छ यो जिन्दगानी
अभाव झेल्दै यसैगरी गयो जिन्दगानी ।
पलाँस भनी हेला गरे सबैले मलाई
बाँचेको छु पीडा खप्दै हदय जलाई
दुख्दै हरदम घाम पानी सह्यो जिन्दगानी
अभाव झेल्दै यसैगरी गयो जिन्दगानी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
