राम्रोसँग पढ्नु छ : पृन्सा परियार ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ १७।
हामी साना नानी बाबु राम्रो संग पढ्नु छ
सानै देखी मिहेनत गरि अशल बन्नु छ ।
सानै देखी मिहेनत गरि अशल बन्नु छ ।
हामी अहिले कोपीला छौ पछि फुल्ने छौ
त्यहि फुलको सुगन्धले बास्ना छर्ने छौं ।
किताबको पाना पल्टाई हामी पढ्छौ
फरक फरक सपना बुन्दै अघि बढछौ ।
साथिहरू संग खेल्दै नयाँ कुरा सिक्छौं
नयाँ नयाँ सपना बुन्दै अघि बढ्छौं ।
सपना फरक फरक छ लक्ष्य एउटै छ
सबै मिली पढेर ज्ञानी बन्नु छ ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
