काठमाण्डौ-४ मा यस्तो छ २०७९ को समानुपातिक मत,रास्वपाको प्रत्यक्षमा प्रवेशले प्रभाव पार्ला ?
काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ४ को अघिल्लो निर्वाचनको समानुपातिक मत परिणाम विश्लेषण गर्दा २०८२ सालको निर्वाचनमा रोचक प्रतिस्पर्धा हुने संकेत गरेको छ।
२०७९ शालको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले ११८०८ र नेकपा एमालेले १०५६० समानुपातिक मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी ले ९ हजार ४१२ मत प्राप्त गरेको थियो।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ८८२ मत प्राप्त गरेको छ भने नेकपा (एकीकृत समाजवादी) ले १७१३ र तत्कालिन नेकपा माओवादी केन्द्रले १५६४ मत पाएका थिए।
विश्लेषकहरूका अनुसार अनेकौ आशंका र पर्दा पछाडिको सहकार्यको चर्चा विच्घ गत चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवार नउठाएको रास्वपाको २०८२ को निर्वाचनमा प्रत्यक्षमा प्रवेशले आगामी नतिजामा कस्तो प्रभाव पार्ला भन्ने चर्चा र विश्लेषण अहिले क्षेत्र नं ४ मा व्यापक भैरहेको छ।
हालसम्म कुनैपनि स्थानीय मुद्दाको उठान नगरेका काठमाण्डौ क्षेत्र नं ४ का उम्मेदवारहरुले तय गर्ने आगामी रणनीति र घटनाक्रमले नतिजा निर्धारण हुने विश्लेषकहरूको बुझाइ रहेको छ ।
