नेशनल प्याब्सनको काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ को उद्घाटन

नेशनल प्याब्सनको काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ को उद्घाटन
कपन अनलाइन
काठमाण्डौ ,माघ १४।

नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति को आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको सयोजनमा काठमाडौं जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ को उद्घाटन भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा न १० स्थित ह्यान्डबल ग्राउण्डमा नेसनल प्याब्सनका सस्थापक र बर्तमान अध्यक्ष तथा सबिधान सभाका सदस्य माननिय आदरणीय गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न  कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, उपाध्यक्ष कुमार बहादुर भट्ट्राराई तथा डम्बर कार्की, सचिब तेन्जिङ भुटिया, सदस्य बिनय श्रेष्ठ तथा राजेस्वर तिवारी , बुढानिलकण्ठ नगरपालिकाका प्रबक्ता नवराज भट्ट्रराई, नेसनल प्याब्सन बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, नेसनल प्याब्सन काठमाडौं जिल्ला समिति तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिका अध्यक्ष सुदिप काफ्ले र महानगर सयोजक निलम मणि भट्टराई , बुढानिलकण्ठ नगर पदाधिकारी हरु को उपस्थिति रहेको थियो ।

बिभिन्न बिध्यालयका प्राचार्य, सहायक प्राचार्यहरु तथा मार्चपास का सयोजक किरण खड्का, फुटसलका संयोजक लक्ष्मी गुरुङ र गोबिन्द बहादुर धामी, बास्केटबलका संयोजक बेनी खड्का र रुकेश तामाङ, तानडोरीका संयोजक राम प्रसाद काफ्ले र टेबल टेनिस सयोजक ईस्वर केसी को उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन समारोह बुढानिलकण्ठ नगरपालिका वडा न १० मा रहेको ह्याण्डबल ग्राउण्डमा ३५ वटा बिध्यालयहरु सहभागीता रहेको मार्चपास सहित आयोजना भएको तानडोरी र अब्स्ट्याकल गेम सम्पन्न भएर बिजयी बिध्यार्थीहरुलाई पुरस्कार वितरण गरियो । बाकी खेलहरु मध्ये फुट्सल प्रतियोगिता साम्तेन स्कुल कपन, तिरुपति स्कुल / कलेजमा बास्केटबल, पिक प्वाईन्ट पब्लिक स्कुलमा टेबल टेनिस आयोजना हुनेछ । उद्घाटन र प्रतियोगिताहरुमा प्लेफिट, ग्रीन आर्मी, नेपाल भारत मैत्री हस्पिटल, भानु सेक्युरीटी कम्पनी लगायतले सहकार्य गरेको बारेमा कार्यक्रमका सभापति तथा नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होम बहादुर अधिकारीले जानकारी दिएका छन ।

कार्यक्रम उद्धाटन पछि आयोजना भएको पुर्व प्राथमिक र प्राथमिक तह स्तरीय अब्स्ट्याकल प्रतियोगितामा बिजयी १२६ जना बिध्यार्थीहरु र टग अफ वार महिला तर्फ प्रथम हुने काठमाडौं बिध्यालय ,दोश्रो स्थान प्राप्त गर्ने जोसेफ हाई स्कुल र तृतिय स्थान प्राप्त गर्न सफल पिक प्वाईन्ट पब्लिक स्कुल र बेद ब्यास स्कुलका बिजयी बिध्यार्थीहरु का साथै पुरुष तर्फ प्रथम प्रीन्सटन एकेडेमी, दोश्रो ब्रेनल्याण्ड एकेडेमी र तेश्रो स्थान हासिल गर्न सफल काठमाडौं बिध्यालय र लिटिल बुद्ध हाई स्कुलका खेलाडीहरुलाई कार्यक्रममा उपस्थित बिशेष अतिथिहरुले मेडल तथा ट्रफि वितरण गरेका थिए ।

कार्यक्रम सन्चालन बुढानिलकण्ठ नगर समिति सचिब गोबिन्द बहादुर धामी, स्वागत मन्तब्य बुढानिलकण्ठ नगर समिति अध्यक्ष सुदिप काफ्ले, कार्यक्रम सम्बन्धी हाईलाईट कार्यक्रम सह सयोजक सुस्मिता मैनाली, कार्यक्रम ब्यबस्थापन सयोजक बिजय न्यौपाने र कार्यक्रममा प्रमुख अतिथि नेसनल प्याब्सनका सस्थापक तथा बर्तमान अध्यक्ष गीता राणा क्षेत्री र नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले शुभकामना मन्तब्य र आफ्ना भनाई राखेका थिए  ।

तपाइँको प्रतिक्रिया ।