काठमाडौं क्षेत्र नं ७ का प्रभावशाली नेता ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं नेकपा एमालेमा…
काठमाडौं क्षेत्र नं ७ का प्रभावशाली नेता तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
कार्यक्रममा बोल्दै ज्ञानेन्द्र मोहन श्रेष्ठले समाज रुपान्तरणमा नेकपा एमालेले अतुलनीय योगदान पुर्याउँदै आएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थिति, विकास, सुशासन, समृद्ध राष्ट्र र राष्ट्रियताका सवालमा एमाले नै जनताको भरोसायोग्य पार्टी भएको बताए।
उनले विगतमा काठमाडौं क्षेत्र नं। ७ मा विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा उल्लेखनीय काम भएको स्मरण गराउँदै ती उपलब्धिहरूको नेतृत्व प्रकाश श्रेष्ठले गरेको बताए।
श्रेष्ठका अनुसार पूर्व प्रदेश सांसद तथा बागमती प्रदेशका पूर्व कृषि मन्त्री प्रकाश श्रेष्ठले किसानमैत्री नीति निर्माण, कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन तथा युवालाई स्वरोजगारमुखी कार्यक्रममार्फत आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याएका छन्। साथै सडक, खानेपानी, विद्यालय भवन, स्वास्थ्य चौकी र सहरी पूर्वाधार विकासमा उनले देखाएको सक्रियता जनताले प्रत्यक्ष अनुभूति गरेको श्रेष्ठको भनाइ थियो।
अब देशको विकास, सुशासन र समृद्धिको नेतृत्व एमालेले नै गर्ने दाबी गर्दै श्रेष्ठले काठमाडौं क्षेत्र नं। ७ लगायतका पुराना कम्युनिष्ट तथा आम जनसमुदायलाई नेकपा एमालेका उम्मेदवार प्रकाश श्रेष्ठलाई अत्यधिक मतले विजयी गराउन आह्वान गरे।
