ओखलढुंगामा अस्मितालाई पुर्व जिल्ला अध्यक्ष शंकरको दरिलो साथ…….
ओखलढुंगामा नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले पूर्व जिल्ला अध्यक्ष शंकर कटवालको दरिलो साथ पाउँदै राजनीतिक यात्रालाई थप मजबुत बनाएकी छन्।
जिल्लामा लामो समयदेखि संगठन निर्माण र नेतृत्वमा सक्रिय शंकरको समर्थनले अस्मिताको अभियानलाई बल पुगेको स्थानीय राजनीतिक वृत्तमा चर्चा निकै बढेको छ।
पूर्व जिल्ला अध्यक्ष शंकरले अस्मिताको सक्रियता, स्पष्ट दृष्टिकोण र जनसम्पर्क क्षमताको प्रशंसा गर्दै अबको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने समय आएको बताउदै अस्मिताले जिल्लाको विकास, सुशासन र जनचासोका विषयमा देखाएको प्रतिबद्धता र सक्रियताका कारण आफूले साथ दिने धारणा सार्वजनिक गरेका छन।
अस्मिताले पनि शंकरजस्ता अनुभवी नेताको साथले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै, जिल्लाको समग्र विकास, युवाको सहभागिता र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएकी छन।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार शंकरको साथपछि अस्मिताको भूमिकाले ओखलढुंगाको आगामी राजनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ।
