१५८ औं घुम्ती कवि गोष्ठी सम्पन्न

१५८ औं घुम्ती कवि गोष्ठी सम्पन्न
कपन अनलाइन
काठमाण्डौ ,माघ १२।

माघ १० गते शनिबार उपन्यास समाज नेपालको आयोजनामा १५८ औं घुम्ती कवि गोष्ठी आयोजना भएको छ  ।

उपन्यास समाजका अध्यक्ष शङ्कर भारतीको सभापतित्व,वरिष्ठ साहित्यकार पवन आलोकको प्रमुख,वेदमणि घिमिरेको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको कवि गोष्ठीमा त्रिलोचन आचार्य,अच्युत पौडेल चिन्तन,माधवलाल श्रेष्ठ,घनश्याम प्रसाइं,सुशील आचार्य,परशुराम पराजुली परासर,वासुदेव ठकुरी,ओमप्रसाद कोइराला,प्रमोद नेपाल,कविता दाहाल,अपरा दाहाल,रुबी सत्याल,प्रीति कौर,खुस्बु रिजाल,कृष्ण पौडेल जस्ताघरे,चेवन बस्नेत ठुलाघरे,शीतल गिरी,जयराम बिडारी,नवीन पल्लव,पवन बुढाथोकी ,दीपक लोहनी, मिशन अधिकारी,विमल कोइराला,प्रमोद भण्डारी लगायतले रचना वाचन गरेका थिए ।

सम्मान आचार्य,कल्पना खतिवडा, लगायत तीस व्यक्तिहरुको उपस्थिति रहेको सो कार्यक्रमका सभापति त्रिलोचन आचार्य,प्रमुख अतिथि पवन आलोक,विशिष्ट अतिथि वेदमणि घिमिरे,घुम्ती कवि गोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ,साहित्यकार तथा पत्रकार राजेश खनाल,कार्यक्रम व्यवस्थापक निबन्ध आचार्यले सम्बोधन गर्दै घुम्ती कवि गोष्ठी र उपन्यास समाज नेपालको बारेमा प्रकाश पारेका थिए  ।

पर्शुराम पराजुली परासरले संचालन गरेको  सो घुम्ती कवि गोष्ठीमा कविता ,गीत,गजल, सुसेलीहरु वाचन भएको थियो ।हरेक महिनाको दोस्रो शनिबार बिहान बेग्लाबेग्लै ठाउँमा आयोजना हुने घुम्ती कवि गोष्ठीमा एक जनालाई भाग्यशाली पुरस्कार अर्पण गर्ने परम्परा अनुसार यो पटक साहित्यकार वासुदेव ठकुरीले सो पुरस्कार पाएका थिए  ।

तपाइँको प्रतिक्रिया ।