अपराध विरुद्ध : सन्तोष कुमार पोखरेल (कविता )

अपराध विरुद्ध : सन्तोष कुमार पोखरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,माघ ३ ।
धेरै दिन बिते
हिमाल आगो भयो
पहाड आगा भएछन्
खोलाहरूले ताल बिर्से
हो त्यस भेकमा प्रलय गएछ
सृष्टिले त्यो अन्याय सहेछ
प्रकृती सबै रातो भयो
हावा तातो तातो भयो
उकुसमुकुस भयो
देख्ने जो रमिते

ज्यूँदो मान्छे लौ सुन्
मान्छेहरू मारिए
सडकहरू तातेछन्
मान्छेका जुलूस बोकेर
मान्छे चिच्याए गोली पड्केछन्
शहर जल्यो मान्छे भड्केछन्
मान्छेहरू मसान बने
शरीर निख्खर कालो
दाँत ङिच्च देखाउँदै
घुमिरहेका जो छन्
सबै मसान हुन्

यो अँध्यारो रात
ननिस्क सडकमा
सडक सडकमा छन्
मसानहरू भीख माग्दै
थोपा थोपा रगतको प्याला
भर्न लालायित मतवाला
भोलि दनक दिनै पर्छ
मसानको रगतको
त्यो कसम खाएर
ज्यूँदाको साथ छ ।

सहकार्य :  कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।