कुनै डाह छैन : पदम दाहाल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,माघ ३ ।
अलिञ्जेल मात्रै यहाँ बस्नुपर्ने
छिटो गर् ढिलो भो भने जानु पर्ने ।
छ आदेश कस्को कि झुक्यान हो त्यो ?
नमानेर को पो छ याहाँ बसेको ? ।१।
फकाएर लानेछ तैनाथ कोही
छकाएर लुकौँ कहाँ सक्छ कोही !
सुटुक्कै समाते नछोडी गइन्छ
न माफी मिनाहा लुरुक्कै भइन्छ । ।२।
ऋलिञ्जेल बस्छौँ भनौँ पाइँदैन
अझै काम बाँकी छ भन्छौँ दिंदैन ।
न आफन्त सक्छन् समातेर राख्न
कुनै सज्जनै सक्छ को काल छेक्न । ।३।
कठै ! छाँद हाल्नेहरू रोइर’न्छन्
यता टुट्छ आत्मा मुढो ज्यान हुन्छन् ।
महाकङ्कला शब्द ती रोदनी छन्
कहाँ को छ सुन्ने ? धुँवा उठ्छ झन् झन् । ।४।
थुती लान्छ जस्ले छ ऊ क्रूर कस्तो !
नछुट्याउने ऊ महावीर जस्तो ।
कहाँ लान्छ रे ठाउँ त्यो थाह छैन
छ रे शून्य जस्तो कुनै डाह छैन । ।५।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
