सोचाइ : डा.किस्मत भण्डारी ( लघुकथा)

सोचाइ : डा.किस्मत भण्डारी ( लघुकथा)

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

कुनै एक घरमा एउटा बिरालो र एउटा कुकुर पालिएको थियो । उक्त घरका मालिकले ती दुबै जनावरलाई धेरै माया गरेर समान स्याहार सुसार गर्दै पालेका थिए ।
ती दुई जनावर मध्ये एकातिर कुकुर अझै इमान्दार बन्दै सधैं मालिकको आज्ञा पालन गर्न थाल्यो भने अर्कोतिर बिरालो चांहि पहिले भन्दा झनैं दुष्टता देखाउंदै अल्छी बन्दै गयो । कारण के भने मालिकले आफूलाई यति धेरै स्याहार सुसार गरेको देखेर कुकुरले सोच्ने गथ्र्यो कि “यो मान्छेले निकै माया गर्छ । मिठो–मीठो खानेकुरा खान दिन्छ । कतै यो मान्छे भगवान त होइन?”
अर्कोतिर बिरालोले ठान्न थाल्यो कि “यो मान्छेले मलाई यति बिधि धेरै माया गर्छ । यति धेरै हेरबिचार र स्याहार सुसार गर्छ । कतै म भगवान त होइन?”

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।