चारु : पवनकुमार बुढाथोकी

चारु : पवनकुमार बुढाथोकी

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

जिन्दगी राम्रोसँग जिउन जान्नु पर्दछ
आफ्नालाई भन्दा अरूलाई मान्नु पर्दछ !

नजिकका त यसै आफ्नै उसै आफ्ना भैहाल्छन्
टाढाकालाई अझ धेरै आफ्नो ठान्नु पर्दछ !

जति दुःख, पीडा र कष्ट सहेर भए पनि
आफ्नो काम व्यवहार आफैंले धान्नु पर्दछ !

सवै मान्छे उस्तै हुँदा रहेनछन् भवमा
राम्रा राम्रा आफूतिर हाम्ले छान्नु पर्दछ !

फूल जस्तै बन्नलाई चाहिने गुण र सुगन्ध
सधैँ आफू र आफ्नै वरिपरि नै तान्नु पर्दछ !

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।