देश लुटिदैछ : महेशराज खरेल (कविता )

देश लुटिदैछ : महेशराज खरेल (कविता )

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

खबरदार देश लुटिँदैछ
आज परिवेश देशको धुमिल छ
देशी विदेशी एजेन्टको भुङग्रोमा देश सेकिँदैछ
रापिएको वा तातेको फलाम जस्तो
देशको अवस्था छ
एउटा देशको एजेन्ट भन्छ
यो देशमा फलानो देशको हस्तक्षेप भैरहेको छ
अर्काे देशको एजेन्ट कराउँछ
हैन हस्तक्षेप त फलाना देशको हुँदैछ
खबरदार ! भनेर
अर्का देशका दलालहरू कुर्लन्छन्
भन्नै गारो छ यहाँ
प्रत्येक दलाल बर्खे भेलझै उर्लन्छन्
राष्ट्रका पहरेदार सिपाही राष्ट्रप्रेमी जनता
अवाक भएर हेरिरहेका छन्
ठम्याउन नसकी खोई ! के भै रहेछ देशमा
आफ्नै मनलाई केरिरहेका छन्

म भन्छु देशमा आगो झोस्नेहरू
मूल्य र मान्यता खोस्नेहरू
राष्ट्र खोक्रो पारेर विदेशीलाई पोस्नेहरू
सबैसबै देशघाती षड्यन्त्रकारी हुन्
समयमै नलखटे यिनलाई
देशको अस्मिता लुट्ने र देश सक्ने यिनै हुन्

धपाओैँ समयमै यी घाती तत्वहरूलाई
ओरालैतिर
नहेरुन् फेरि फर्केर उकालोतिर
त्यसैले यिनका दुष्ट दिमाग र दृष्टि
विच्छेदन गर्नु पर्दछ आजै हेर !
होस गर हे नेपाली आमाका सपुतहरू !
तिम्रै सन्मुखमा देश लुटिदैछ
बेलुका, रातीमात्र होइन दिन दहाडै सबेर ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।