रास्वपा बुढानीलकण्ठको सचिवमा प्रमेश थापाको उम्मेद्वारी,के के छन प्रमुख मुद्दाहरु ?

रास्वपा बुढानीलकण्ठको सचिवमा प्रमेश थापाको उम्मेद्वारी,के के छन प्रमुख मुद्दाहरु ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २४।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुढानीलकण्ठ नगर समितिको  सचिवमा  युवा नेता प्रमेश थापाले उम्मेद्वारी दिने तयारी गरेका छन

“अब जान्नेलाई छान्ने” भन्ने मूल नारासहित थापाले सुशासन, प्रविधिमैत्री सेवा र जनमुखी अभियानलाई केन्द्रमा राख्दै कार्यक्रम अघि सारेका  थापाले प्रस्तुत गरेका कार्यक्रमहरूमा छायाँ सरकार गठन, प्रविधिमैत्री रास्वपा निर्माण, जनता माझ रास्वपा अभियान, रास्वपा सदस्यता विस्तार अभियान तथा Rapid Action Team (RAT) गठन प्रमुख रहेका छन्।

साथै,  उनले ‘४८ को बाटो, ८४ को मुहार’ भन्ने अभियानमार्फत संगठनलाई अझ सशक्त र जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन।बुढानीलकण्ठ नगर क्षेत्रमा रास्वपालाई मजबुत बनाउँदैनागरिकसँग प्रत्यक्ष संवाद, समस्या पहिचान र समाधानमा सक्रिय भूमिका खेल्ने उद्देश्यले यी कार्यक्रम ल्याइएको थापाले बताएका छन्।

थापाले  युवाको सहभागिता, प्रविधिको प्रयोग र पारदर्शितामार्फत पार्टीलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिइएको छ। स्थानीय तहमा नयाँ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसहित अघि सारिएका यी कार्यक्रमहरूले बुढानीलकण्ठमा रास्वपाको गतिविधिलाई थप गति दिने अपेक्षा गरिएको

तपाइँको प्रतिक्रिया ।