ओखलढुंगा एमालेले प्रतिनिधिसभाका लागि ईश्वर, अम्बिर र यज्ञसहित पाँच जना सिफारिस गर्यो

ओखलढुंगा एमालेले  प्रतिनिधिसभाका लागि ईश्वर, अम्बिर र यज्ञसहित पाँच जना सिफारिस गर्यो

कपन अनलाइन

काठमाण्डौ ,पुस २४  ।

प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट नेकपा (एमाले)ले पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीको सातौँ विस्तारित बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो नम्बरमा ईश्वर पोखरेललाई सिफारिस गरेको हो ।

बैठकले दोस्रो नम्बरमा पूर्व प्रदेश मन्त्री अम्बिरबाबु गुरुङ, तेस्रो नम्बरमा केन्द्रीय कमिटी सदस्य तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारलाई सिफारिस गरेको छ ।

त्यसैगरी प्रदेश कमिटी सदस्य नानीबाबु बढाथोकी र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का (जिबी) लाई पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको नेकपा (एमाले) ओखलढुंगा प्रचार विभाग प्रमुख राजीव कटवालले जानकारी दिए ।

१८ जना आकांक्षी भए पनि अन्तिममा पाँच जनाको नाम टुंगो लगाएर केन्द्रमा पठाइएको एमालेले जनाएको छ ।बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश, जिल्ला तथा स्थानीय तहका प्रतिनिधि साथै विभिन्न जनसंगठनका प्रमुखहरूको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।