Pavilions Chess Academy मा विश्व र्यापिड च्याम्पियनको ऐतिहासिक प्रदर्शनी खेल
कपन अनलाइन
काठमाण्डौ ,पुस २२।
काठमाडौंको शान्तिनगरस्थित Pavilions Chess Academy मा आयोजित Simultaneous Exhibition तथा प्रश्नोत्तर सत्रमा विश्व र्यापिड च्याम्पियन २०२४ ग्रान्डमास्टर भोलोदार मुर्जिनले करिब ३० जना नेपाली खेलाडीहरूसँग एकैसाथ प्रतिस्पर्धा गर्दै सबै खेल जितेका छन ।
नेपालमा पहिलोपटक वर्तमान विश्व र्यापिड च्याम्पियनले प्रत्यक्ष रूपमा नेपाली खेलाडीहरूसँग खेल्दै आफ्नो क्षमता प्रस्तुत गरेको यो कार्यक्रम चेस क्षेत्रका लागि विशेष उपलब्धि मानिएको छ। कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडी, प्रशिक्षक तथा चेसप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा FIDE Trainers’ Commission का पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक ग्रान्डमास्टर मिखाइल कोबालियाले प्रशिक्षण, प्रतिस्पर्धात्मक सोच र अन्तर्राष्ट्रिय चेसबारे आफ्ना अनुभव साझा गरेका थिए ।
आयोजक Pavilions Chess Academy का अनुसार यस्ता विश्वस्तरीय कार्यक्रमहरूले नेपाली चेसको स्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
तपाइँको प्रतिक्रिया ।
