किताब मेरो साथी : वन्दना पौडेल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,पुस १२।
१.
मन थाक्दा सान्त्वना दिन्छ,
एक्लोपनमा साथ दिन्छ,
नबोलिकन धेरै भन्छ,
किताब मेरो साथी ।
२.
मन समाल्छ, बाटो देखाउँछ,
गलत सोचलाई सच्याउँछ,
जीवन बुझ्ने कला सिकाउँछ,
किताब मेरो साथी ।
३.
मलाई बचाउँछ अज्ञानताबाट,
अँध्यारो हटाई उज्यालो ल्याउँछ,
इज्जत बढाउने ज्ञान दिन्छ,
किताब मेरो साथी ।
४.
मन फराकिलो बनाइदिन्छ,
साँघुरो सोच तोडिदिन्छ,
सबैलाई बुझ्न सिकाउँछ,
किताब मेरो साथी ।
५.
साथीभाइबीच सम्बन्ध जोड्छ,
बोलचाल र समझदारी बढाउँछ,
सही संवाद गर्न सिकाउँछ,
किताब मेरो साथी ।
६.
दुःखमा ढाढस दिन्छ,
सुखमा सन्तुलन राख्न सिकाउँछ,
अहङ्कार होइन नम्रता दिन्छ,
किताब मेरो साथी ।
७.
हार्दा पनि उठ्न सिकाउँछ,
निराशामा आशा जगाउँछ,
आत्मबल बलियो बनाउँछ,
किताब मेरो साथी ।
८.
परिश्रमको मूल्य बुझाउँछ,
समयको महत्व बताउँछ,
सपना देख्न हौसला दिन्छ,
किताब मेरो साथी ।
९.
भूतकालका कथा सुनाउँछ,
भविष्यका बाटा देखाउँछ,
अनुभवको खानी यही,
किताब मेरो साथी ।
१०.
मौन छ तर अर्थपूर्ण पनि
साँचो बोल्ने निडर साथी,
जति पढे उति आफ्नै,
किताब मेरो साथी ।
११.
डर हटाइ हिम्मत दिन्छ,
आत्मविश्वास जगाइदिन्छ,
मनको बोझ हलुका बनाउँछ,
किताब मेरो साथी ।
१२.
धनभन्दा ठूलो सम्पत्ति,
ज्ञानभन्दा ठूलो शक्ति,
जीवनभर काम लाग्ने,
किताब मेरो साथी ।
१३.
विद्यालयको पहिलो गुरु,
जीवनको अन्तिम भरोसा,
हरेक मोडमा साथ दिने,
किताब मेरो साथी ।
१४.
नरिसाउँछ, न धोका दिन्छ,
धैर्यको पाठ सिकाउँछ,
सधैँ साथ दिने साथी,
किताब मेरो साथी ।
१५.
मान्छे बदलिन्छ समयसँगै,
सम्बन्ध फेरिन्छ परिस्थितिसँगै,
तर नछोड्ने साँचो साथ,
किताब मेरो साथी ।
१६.
ज्ञान, संस्कार र चेतनाको धनी,
मेरो सबैभन्दा नजिक साथी,
जीवन उज्यालो बनाउने,
किताब मेरो साथी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
