पाका जुनी बचाऔ : पदम दाहाल ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २७।
गाह्रो छ बाँच्न पाऊन् साठी उमेर कट्ने
कोही नथर्थराऊन् होऊन् विलाप घट्ने ।
न्याना लुगा र खाना पाऊन् कृपा हुनेछ
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।१।
ती दन्तहार किट्ता होला उतै नजाती
कठ्याङ्ग्रिदो शरीरै काम्दा कहाँ छ जाती ?
न्यानो खुसी सबैले पाऊन् नहुन् उराठ
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।२।
आफ्नो घरै कराँेसो साथै सिरेटो स्याँठ
ख्यालै नगर्दिएमा पाको कहाँ रहन्छ ?
सेतो हिमाल हाँस्तै बोक्ने चिसो प्रलाप
पाका जुनी बचाआँै हेमन्त उर्लिदैछ ।३।
साठी उता कटेका पाका कतै नरोऊन्
लौरी सहाय खोज्ने साकार रूप लेऊन् !
सन्तान भै नबुझ्दा गाली व्यथा हुनेछ
पाका जुनी बचाऔँ हेमन्त उर्लिदैछ ।४।
बैरी नहौँ म आफै आफ्नाहरू बुझौँ ती
स्याहारको जुनीले शिक्षा दिनैछ बाँकी ।
माया सुसारले नै जीवन्तता दिनेछ
पाका जुनी बचाऔ हेमन्त उर्लिदैछ ।५।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
