स्रष्टा महोत्सव बाईस पाइला : बासुदेव पौड्याल ( कविता )

स्रष्टा महोत्सव बाईस पाइला : बासुदेव पौड्याल ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंसिर २७।

साँगा क्षेत्र रमाइलो प्रकृतिमा शाण्डिल्यका ग्राममा
स्रस्टाका पद शृङ्खला सय पुग्यो यात्रा सयौं धाममा।
स्रस्टाका पद चाप का शुरु गुरु मूर्धन्य विद्वानमा
बिन्ती बन्दन स्नेह उच्च बढिया सम्मान गर्छौ यहाँ ।।

यात्रा एक सयौ छ भार यसमा माला सयौं बृत्तका
इच्छा पूर्ण सदी महोत्सव भयो साहित्य सम्मानका ।
यात्रा बाइस पाइला कृति विधा क्रमाङ्क लोकार्पण
दस्तावेज समेत बाइस वटा यात्रा कथा ब्यन्जन ।।

साँगा भेग छ यो अचार अमिलो प्रख्यात लप्सी थल
अग्ला छन् शिव पार्वती शिखरमा भोले भला शंकर ।।
यातायात बिकास भौतिक जता उँचाइको क्षेत्र यो
बस्ती सुन्दर पुष्प वास लहना सौन्दर्य सत्कर्मको ।।

स्रस्टा बाइस पाइला कृति विधा नेपाल साहित्यमा
यात्रा चेत तरङ्ग छाल बढिया दृष्टान्तको लालिमा ।
यो यात्रा इतिहास दर्श नमुना दैवी धरा धाममा
वेदान्ती ऋषिकल्प ज्ञान महिमा साण्डिल्यका गोत्रमा ।।

स्रस्टा साथ प्रसाइ ट्रस्ट अगुवा साण्डिल्यका ग्राममा
हामी छौँ शनिधाम पुण्य थलमा कांक्रे करेसा जहाँ ।
स्रस्टा भेट नयाँ महोत्सव यहाँ यात्रा सुनौलो भयो
आशीर्वाद सुभावना सकलमा आतिथ्य सत्कारको ।।

सहकार्य : कपन  बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।