गजल : रत्नप्रसाद अनामणी
कपन अनलाइन
काठमाण्डौ ,मंसिर २७।
पुग्ने ठाँउमा अझै पुगिएन पीर.. लाग्छ
जिन्दगीको मोडबाट तल हेर्छु भीर.. लाग्छ ।
सोचेको छु एक दिन अवश्य पुगिन्छ
मन सधैं जोशिलो हुन्छ वीर.. लाग्छ
किनारै किनार बगर भई सागर पुग्छु
दुख गरि बिच पुग्छु किनार तीर.. लाग्छ
सबैलाई एकनासले हेर्दा आफन्त नै देख्छु
किन हो आफन्त कै बोली झीर.. लाग्छ ।
सहकार्य : कपों बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
