काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा रामशरण सापकोटाको उम्मेद्वारी
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर ११।
काठमाण्डौ क्षेत्र नं ४ को युवा क्लस्टरबाट महाधिवेसन प्रतिनिधिमा रामशरण सापकोटाले उम्मेद्वारी दिएका छन।
नेकपा एमालेको ११ औ महाधिवेसनका लागि यहि मङ्सिर १३ गते हुने प्रतिनिधि छनौटक निर्वाचनमा उम्मेदवार बनेका सापकोटा लामो समय देखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन।
२०६२/६३ को जन आन्दोलन पश्चात युवा संघ नेपाल कपन गाउँ कमिटीमा सदस्यका रुपमा योगदान दिएका उनले २०६५ सालको विषम परिस्थितिमा युथ फोर्सको गाउँ कमिटी संयोजक तथा शाखा कमिटीको उपाध्यक्षका रुपमा काम गरेका थिए।
२०६६ सालमा नेपाल ललितकला क्याम्पसमा प्रारम्भिक कमिटीको अध्यक्षका रुपमा विद्यार्थी आन्दोलनमा सक्रिय रहेका सापकोटा २०६७ सालमा युवा संघ कपन गाउँ कमिटी अध्यक्ष तथा नेकपा एमालेको शाखा कमिटी सदस्य रहेर योगदान पुर्याएका युवा नेता हुन्।
हाल नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य तथा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को इन्चार्ज समेत रहेका सापकोटाले युवा संघ नेपाल काठमाण्डौ क्षेत्र नं ४ र वडा नं १२ कमिटीको सचिव रहेर योगदान पुर्याएका थिए।
