बालगीत : जनार्दन अधिकारी ‘धड्कन’
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ४ ।
देशका खम्बा भोलिका
आज नै ज्ञानी बनेर
पाईला चालौं लक्ष्यमा
बाटो खनेर
मिहनत गरी बढौं
लक्ष्यमा अगाडि बढौं
नगरे आज कसैले
भोलि गर्दैन
अहिले पर्दछ गर्न
समस्या धेरै छ टार्न
अगाडि आफै नसरे
अरु सर्दैन
सन्तान हामी देशका
सन्तती आफ्नो कुलको
भविष्य हेरी खराब
बानी सुधारौं
एकता हाम्रो बल हो
पसिना पुण्य जल हो
माटोको माया छातीमा
गुराँस सारौं ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
