सुझाव : दिवाकरप्रसाद आचार्य (कविता )
कपन अनलाइन
काठमाण्ड,मङ्सिर ४ ।
देशमा आँधी चल्यो अनौठोपनले्
नेता सबै अल्पिये ।
तीनका घरघरमा प्रदिप्त हुन गो
धन सब अकूट दल्किये ।
सरकारी घर यान भष्म हुन गै
साह्रै क्षती पर्न
नायक सब रहेछन् लुटाहा भनी लौ
यसबाट सब प्रष्ट भो ।
होला क्यै अवता विकास मुलुकमा
होला सुधार गाउँमा
लुटेराहरू छन् सजग पुनःरपि
सत्ता लिने दाउमा
तस्मात ती सबलाई पक्री थुनियोस
कार्य गरियोस् महान
प्रोद्दिपे भवने च कूप खननं
यस्तो नहोस है भवान् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
