दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने

दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने

कपन अनलाइन

काठमाण्ड,मङ्सिर ४ ।

नेपाली अल्ट्रा/ट्रेल  रनर दावा तामाङले कोस्की १०० अल्ट्रा/ट्रेल कोसियुस्को (युटीएमबी) मा प्रतिस्पर्धा गर्ने भएका छन् । मंसिर १२ गते हुने दौडमा सहभागी हुन दावा शनिबार अस्ट्रेलिया जाने भएका छन् ।
रसुवा जिल्लाको कालिका गाउँपालिका १ का अध्यक्ष दावाको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । कराते खेलाडी र प्रशिक्षक समेत रहेका दावाले १ सय किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । करिब १ वर्षदेखि दावा यो विधामा सक्रिय छन् ।
वल्र्ड एक्सट्रिम फिस्टेल १०० अल्ट्राका रजत विजेता दावाको अस्ट्रेलिया भ्रमणका लागि एक्सटेप नेपालले प्रायोजन गरेको छ ।
उनलाई बागमती प्रदेशका सांसद् इन्द्र गौतम, एथलेटिक्स परिवार नेपालका अध्यक्ष एवं नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्री, तेह्रथुम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बराललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

तपाइँको प्रतिक्रिया ।