दलित जेनजी एलायन्स घोषणा, संयोजकमा जीवन तिरूवा नेपाली

दलित जेनजी एलायन्स घोषणा, संयोजकमा जीवन तिरूवा नेपाली

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक १३।

जेनजीआन्दोलनको उपलब्धिको रक्षागर्न र दलित समूदायको हकअधिकार रक्षा र सबै तहमाआफ्नो समूदायको सहभागिताको लागि दलित जेनजी एलायन्स घोषणा गरिएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरेर उक्तएलायन्सको घोषणा गरिएको हो । जसको संयोजकमा जीवन तिरुवा नेपाली तोकिएका छन् ।
संयोजक नेपालीले भनेका छन्,‘हामीले यो दलित जेनजी एलायन्स गठन गर्नुको मूल उद्देश्य जेनजीहरुको साथको लागि हो । जेनजी सशक्त बनाउनको हो । त्यसको लागि सशक्त भएर कामगर्नुपर्छ । हरेक वार्ता तथा सम्वादमा हामीलाई पनि समावेश गरिनुपर्छ । हरेक मन्त्रालय, हरेक वार्तामा दलित जेनजीहरुको पनि सहभागिता हुनुपर्छ । अहिलेको मन्त्रिपरिषद्मा दुई जनादलित समूदायबाट सदस्य थपिनुपर्छ । मैले प्रधानमन्त्री सुशीला कार्की समक्ष पनि कुरा राखेको छु । उहाँ यो विषयमा सकारात्मक हुनुहुन्छ ।’
उनले सबै वर्ग, समूदायलाई समेटेर नै जानुपर्ने धारणा राखे । उनले राजनीतिक दलहरुले पनि जेनजीका जायज मागलाई तलमाथि गर्न नहुने चेतावनी दिए । उनले भने,‘दलहरुले जेनजीको भावनामाथि खेलवाड नगरुन्, नत्र जेनजीहरुले निर्णायक आन्दोलन गर्नसक्छन्, यसप्रतिसचेत हुनुपर्छ ।’ अहिले जेनजी युवाले खोजेको भने मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार निर्मूल गरिनुपर्ने रहेको उनको भनाई छ ।
कार्यक्रममा भदौ २३ गतेको जेनजी आन्दोलनका घाईते भएकाहरु कालिकोट स्थायी घर भएका शैलेन्द्र लोहार र पर्वतका आयुष विश्वकर्माले पनि आफ्नो धारणा राखेकि थिइन् । उनीहरुले आफूहरुले परिवर्तनको लागि र देशको भलाईको लागि आन्दोलनमा भाग लिएको बताए । उनीहरु गोली लागेर सख्त घाईते भएका युवा हुन् । आफूहरुको माग र भावनालाई बुझ्नको लागिपनि सबैलाई उनीहरुको आग्रहथियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष अधिवक्ता त्रिलोक चन्दविश्वास (बिक) ले दलित जेनजी एलायन्स गठन गरिएको विषयमा प्रष्ट पारेका थिए । उनले अब देशमा भ्रष्टाचार पूर्ण रुपमा उन्मुलन हुनुपर्ने धारणा राखे । उनले भने,‘जेनजी पनि सुशासन हुनुपर्यो, भ्रष्टाचार नियन्त्रण हुनुपर्छ भनेकाहो । समानुपातिक समावेशी प्रतिनिधित्व हुनुपर्यो । दलित समूदायको उचित रुपमा सबै क्षेत्रमा प्रतिनिधित्व हुनुपर्छ, सिमान्तकृत समूदायको प्रतिनिधित्व हुनुपर्छ ।’
उनले जेनजीले उठाएको मागप्रति कसैले पनि षड्यन्त्र गर्न नहुने धारणा राखे । आन्दोलनका सहभागी युवाहरुलाई फसाउन नहुने उनको भनाई छ । उनले भने,‘जेनजी पुस्ताले परिवर्तनको लागि गरेको योगदानको कदर हुनुपर्छ । जेनजीजनआन्दोलन २०८२ कै रुपमा लिनुपर्छ । यो जनआन्दोलनमाशहिदभएकाहरु, र घाइतेहरुलाई राज्यले संरक्षण गर्नुपर्छ । सम्मानगर्नुपर्छ।’
उनले अब बन्ने निर्वाचन प्रणालीलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिनुपर्ने माग गरे । उनले भने,‘त्यसमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । राज्यको शासकीय स्वरुपमा पनि परिवर्तन गर्नुपर्छ । संविधान संशोधन गरेर जानुपर्छ । यो त जेनजी आन्दोलनपछि बनेको सरकार हो । संविधानको रक्षागर्नुपर्छ । जेनजीहरुको माग सम्बोधनगर्नुपर्छ ।’ कार्यक्रमको सञ्चालन भने रुपकलाल कुलालले गरेका हुन् ।

 

तपाइँको प्रतिक्रिया ।