विधान संशोधन गरेर पार्टीमा प्रवेशका लागि नेपाली कांग्रेसका जेन–जीहरुको माग
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १३।
नेपाली कांग्रेसका जेनजीउमेर समूहका प्रतिनिधिमूलक युवाहरुले विधान संशोधन गरेर आफूहरुको प्रवेशको लागि ढोका फराकिलो बनाउन माग गरेका छन् ।
कांग्रेस पार्टीको यौवन फर्काउनको लागिपनि केन्द्रीय समितिको बैठकले विधानमा संशोधनको ढोका खोलेर पार्टीका सबै तहमा प्रतिष्पर्धा मार्फत जेनजीउमेर समूहका प्रतिनिधित्व सुनिश्चित् गराउने प्रावधान व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग छ ।
उनीहरुले अघि सारेको ह्यासट्यागमा जेनजी फर सेभेन डी रहेको छ ।सेभेन डी भनेको डेमोक्रेसी, डेभलपमेन्ट, डेडिकेशन, डिग्निटी, डिसिप्लेन, डेलिभरी र डिटिल ट्रान्सफरमेशन रहेको छ । उनीहरुले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरुप्रति साँचो श्रद्धाञ्जलीको लागि देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्नुपर्ने बटमलाईन बनाएका छन् । उनीहरुले अब सबै बदलिनुपर्ने र सबै मिलेर देश बदल्नुपर्ने अपिल समेत गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै उनीहरुले मुलुकमा सुशासनको स्थापनागर्नु नै जेनजी प्रदर्शनको मूख्यमाग रहेको स्मरण गराएका छन् । उनीहरूद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘मुलुकमा सुशासनको स्थापना जेनजी प्रदर्शनको मूलतःमुख्य माग थियो । नेपाली कांग्रेसले आँफैभित्रपनि आन्तरिक सुशासनआयोग गठन गरोस । जसले तिनै तहको सरकारमा गएका प्रतिनिधिको विगतको प्रवृत्ति समिक्षासँगै भविष्यमा जाने प्रतिनिधिको भूमिकालाई निश्चित् मापदण्डका आधारमा अनुगमन गरेर, प्रोत्साहन, चेतावनी र कारबाही सिफारिश गर्न सकोस् ।’
यस्तै, उनीहरुले भदौ २३ गते नयाँबानेश्वरमा प्रदर्शनमाअध्यधिक बल प्रयोगको घट्नाको गहिरो छानबिन र दोषीलाई कडा कारबाहीगर्ने भनि सकिएकोमा त्यस निर्णयप्रति पार्टी प्रष्ट ढंगले उभिनुपर्ने उनीहरुको माग छ । यस्तै, भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा सामेल जो कोही भएपनि उनीहरुलाई कारबाहीमा दायरामा ल्याईनुपर्ने उनीहरुको अर्को माग छ । भ्रष्टाचारका हरेक प्रकरणको गहिराईमा गएर निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेसको प्रष्ट प्रतिबद्धता आउनुपर्ने र सहयोग रहनुपर्ने पनि उनीहरुको माग छ । उनीहरुले पार्टीको नियमित वा विशेष महाधिवेशनअविलम्बआयोजना गरेर परम्परागत राजनीतिक दलबाट आधुनिकदलका रुपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोडम्याप अब कांग्रेसले सार्वजनिक गर्नुपर्ने पनि उनीहरुको सुझाव छ ।
उनीहरुले अघि सारेको अर्को मुख्य मागमा फागुन २१ मा तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई सुनिश्चित् बनाउने र निर्वाचनमार्फत लोकतान्त्रिक संविधानलाई सहजमार्गमा अघि बढाउने कार्यमा समेत पार्टी अग्रसर हुनुपर्ने उल्लेख गरिएको छ । उनीहरुको चुनावको लागि कांग्रेसले अब ‘भोट रेडी नेपाल’अभियान सञ्चालनगर्नुपर्ने पनि सुझावदिएका छन् । उनीहरुले कांग्रेसमा नवयुवा जोड्ने नर्सरीको रुपमा रहेको नेपाल विद्यार्थी संगठनलाई पनि पूनःसंरचनागर्न अपरिहार्य रहेको आवश्यकता औंल्याएका छन् ।
यसरी धारणा राख्ने युवाहरुमा विकल राई (खोटाङ), साजन योञ्जन (सिन्धुपाल्चोक), विनोद राजजोशी (दार्चुला), करुणा कटुवाल (धनकुटा), श्रीकृष्ण भट्टराई (रुपन्देही), दिनेश चौधरी (बर्दिया), मनोज पुरी (काठमाडौं), मञ्जु विश्वकर्मा (कपिलवस्तु), करिना पुरी (सिन्धुपाल्चोक), सिर्जना स्नेही (बझाङ), गौरव पाण्डे (बारा), मुना नेपाली (पाँचथर), विजयपुन मगर (जाजरकोट), किरण तिवारी (रुपन्देही), नीलमकार्की (झापा), सन्तोष भण्डारी (गुल्मी), आशानामजाली मग (कैलाली), दिपेन धिमाल (झापा) र सुशिलगोदार (कास्की) रहेका छन् ।
