दीक्षालय नेपाल फाउण्डेशनमा शिक्षक आवस्यकता !
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १४।
दीक्षालय नेपाल फाउण्डेशन, काठमाडौंले मिडल स्कुल नेपाली तथा सामाजिक विषयका शिक्षक पदका लागि योग्य उम्मेदवार माग गरेको छ ।
सो संस्थाले योग्य र अनुभवी उम्मेदवारका लागि तलबमा कुनै सीमा नराखिने जनाएको छ । शैक्षिक गुणस्तर र नवप्रविधिमूलक शिक्षण प्रवाह गर्दै आएको दीक्षालयले कापनस्थित प्रगति चौकमा रहेको क्याम्पसका लागि शिक्षक माग खुलाएको हो ।
इच्छुक उम्मेदवारले आफ्नो दरखास्त इमेलमार्फत पठाउन सक्ने संस्थाले जनाएको छ ।
आवेदनका विवरणः
पद: मिडल स्कूल नेपाली र सामाजिक शिक्षक
स्थान: प्रगति चक, कपन, काठमाडौं
तलब: योग्य उम्मेदवारका लागि कुनै सीमा छैन
आवेदन पठाउने इमेल: recruitment@dikshalayanepal.edu.np
सम्पर्क नम्बर: +977 984-9225238
वेबसाइट: dikshalayanepal.edu.np
तपाइँको प्रतिक्रिया ।
