चार मुक्तक : करुणा खत्री
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक १।
विकासको कुरा गर्छन् ठूला भाषामा,
सपना बेच्छन् खाली कागज किताबमा ।
वर्षौ बितेबाट उस्तै खाल्टा खुल्टी यहाँ,
सुनौ फेरि आशा सन्चुनापी जवानमा ।।
पढ्न त बसे म तर निन्द्राले छोप्यो ,
किताबको अक्षर पनि नाचेर पो हिँड्यो ।
गुरुजीले प्रश्न सोध्दा म त टल्ल परे ,
उत्तर दिन्छु भन्दाभन्दै घन्टी नै पो बज्यो।।
प्रदेशको बाटो म हिँड्दै छु रोइ,
मन भने घरमा नै रमाइरहेछ खोई ।
कमाइ त गरौँला सुनचादी थुपारी,
आमाको माया कसरी किनु त ओई।।
पढ्ने समयमा निन्द्रा लाग्छ पल्टियो,
परीक्षा आयो कि मनै छ किन हरियो ।
किताब खोल्दा पढ्न अल्छी लाग्ने,
नतिजा हेर्दा मुटु काम्छ अनि तर्सियो ।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
